
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।
उनले यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको बताए ।
प्रधानमन्त्रीले नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको बताएका छन् ।
उनले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको पनि बताए










