राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको बैठक सिंहदरबार चल्दै


काठमाडौं । राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको बैठक चलिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जारि बैठकमा अवरुद्ध संसद बैठक लगायत विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्। सुनकाण्डको छानविनका लागि प्रतिपक्ष नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा छलफल गर्न सत्ता प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् । सरकारले सुनकाण्डमा स्वतन्त्र भएर सीआइबीले छानविन गरिरहेकाले अरु छानविन समिति आवश्यक नहुने भन्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार