निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य निगमले वृद्धि गरेको हो ।

निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । भने, डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार