पाँच वर्षमा बेचबिखनमा परेका १६ सय जनाको उद्धार


काठमाडौँ । विभिन्न बाहानामा बेचबिखनमा परेका १ हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो पाँच वर्षमा उनीहरुको उद्धार गरिएको हो ।

नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका उनीहरुको आर्थिक वर्ष २०७५\७६ देखि आव २०७९\८० सम्ममा उद्धार गरिएको हो ।ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७८\७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै आव २०७९\८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो ।

नेपालमा राजेगारीका लागि वैदेशिक रोजगारीमा पठाउने बाहानामा पनि बेचबिखनमा परिरहेका छन् । पछिल्लो समय यो संख्या पनि बढ्दै गइरहेको विभिन्न अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार