प्रधानमन्त्री प्रचण्डले अमेरिकामा भेटे संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस


अमेरिका । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई भेटेका छन् । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार