तीजकै दिन एकै घरका २ बालकको डुबेर मृत्यु


नवलपरासी। तीजकै दिन नवलपरासीमा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ७ घर भएका एकै परिवारका दुई बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुमन कुमालका छोराहरु ९ वर्षिय संगम र १४ वर्षिय सविन रहेका छन् । उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार