कम्युनिष्ट एकताका लागि माओवादी केन्द्र हदैसम्म लचक, पार्टीको नाम फेर्न पनि तयार


काठमाडौं । नेकपा माओवादी केन्द्रले छरिरहेका कम्युनिष्टपार्टीबीचको एकताका लागि हदैसम्मको लचक हुन तयार रहेको छ । अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि हदैसम्म लचक हुनका साथै पार्टीको नाम समेत परिवर्तन गर्न तयार छ ।

छरिएर रहेका कम्युनिष्ट घटकहरुबीच एकताको प्रयास भएपनि दिर्घकालिन हुन नसक्दा माओवादी केन्द्रले एकताका लागि हदैसम्म लचक हुनेगरी आन्तरीक छलफल थालेको छ ।

पार्टीको भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले अन्य कम्युनिष्ट पार्टीहरुसँगको एकतालाई सफल पार्नका लागि पार्टीको नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा उल्लेख गरेको छ ।

त्यस्तै माओवादी केन्द्रको हाल जारी रुपान्तरणका लागि तीन महिने अभियान सकिएलगत्तै आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत साउनमा भएको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

रुपान्तरण अभियानमा अन्य पार्टीसंगको एकता र पार्टीको नाम परिर्बतन लगायतका बिषयलाई तल्लो कमिटीमा लगेर छलफल गर्ने उदेश्य समेत राखेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार