एमालेबाट निर्वाचित वडाध्यक्ष विष्ट पैसा चोरेको मुद्दामा जेल चलान भई धरौटीमा छुटे

सुर्खेत । सुर्खेतमा एकजना वडाध्यक्ष धरौटमिा छुटेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका हुन् ।

उनि रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । उच्च अदालत सुर्खेतको संयुक्त इजलासले वडाध्यक्ष विष्टलाई धरौटीमा छोड्न आदेश दिएपछि उनि रिहा भएका हुन् । अदालतले वडाध्यक्ष विष्टलाई ५ लाख, सुशील भनिने प्रेम गुरूङलाई ४ लाख र बलिराज शाहीलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

साउन २१ गते जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

स्थानीय हर्कबहादुर शाहीसहितकाले वडाध्यक्ष विष्टको नेतृत्वमा स्थानिय खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ गते साढे ६ लाख रुपैयाँ लुटेको आरोप लगाउदै उनिहरुविरुद्ध ‘डाँका चोरी’ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा असार २२ गते जाहेरी दर्ता गराएका थिए ।

यसअघि वडाध्यक्ष विष्टले गत वैशाखमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवमाथि मुक्का प्रहार गरेर भाइरल भएका थिए ।

विष्ट गएको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार