हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ चयन


हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ चयन भएकी छन् । हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङलाई जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट जिल्ला परिषद सदस्यमा चयन गरिएको हो । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो ।

नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो नेपाली समेत भएकी छन् । हङकङ सरकारले गुरुङलाई सन् २०२४ देखि २०२७ सम्मका लागि जिल्ला परिषद् सदस्य नियुक्तिको घोषणा गरेको छ। उनको कार्यकाल चार वर्षको हुनेछ ।

हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै सरकारले गुरुङलाई जिल्ला परिषद सदस्य पदमा नियुक्त गरेको जनाएको छ।

पहिलो नेपालीका रुपमा उक्त पदमा नियुक्त भएपछि गुरुङले आफ्नो लागि चुनौती र अवसर दुवै भएको प्रतिकृया दिएकी छन् ।

स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङको पुर्ख्यौली थलो कास्कीको पोखरा हो । उनका बाबु मेजर दीपकबहादुर गुरुङ ब्रिटिस गोर्खा सैनिक रहेकाले उनि हङकङ मै जन्मेर त्यहीँको विद्यालय र कलेजमा पढ्दै हवाइ क्षेत्रको व्यावसायिक जागिरबाट पेशागत जीवन सुरु गरकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार