राष्ट्रियसभा निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन


काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदैछ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न दिएको समय आज सकिँन लागेको हो। संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगको सूचनामा उल्लेख छ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै माघ ११ माहुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । निर्वाचनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतले दल दर्ताको निवेदन दिइसकेका छन् । यस्तै नेपाली काँग्रेसले भने आज दल दर्ता गयारी गरेको छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार