सरकारले इजरायलमा मारिएका १० जनाको परिवारलाई दियो १० लाख


काठमाडौं । सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई १०\१० लाख रूपैयाँ राहत दिएको छ ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मृतक नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ ।

गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजाको किब्बुज भन्ने स्थानको आलुमिम फार्ममा प्रशिक्षणका लागि पुगेका नेपालीहरु हमासको आक्रमणमा परेका हुन् । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए । उनीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट इजरायल गएका थिए ।

उक्त घटनामा परी कञ्चनपुरका विपिन जोशी भने अझै सम्पर्क विहिन छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार