आक्रमणपछि रविले भनेः कसैले ढुङ्गा, हिलो फालेर यात्रा बदलिने वाला छैन


पोखरा। रास्वपा सभापति रवि लामिछानेले आफुविरुद्ध जति आक्रमण भएपनि यात्रा नबदलिने बताएका छन् । आज पोखराको अमरसिंह चोकमा रास्वपाको सभामा उनीमाथि एक युवाले मकैको खोया प्रहारपछि यस्तो प्रतिकृया दिएका हुन् ।

आफुमाथि जति प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता आफु नभएको समेत बताए। सभापति लामिछानेले कसैले ढुङ्गा, हिलो फालेर आफ्नो यात्रा नबदलिने बताए ।

एक दुई आक्रमण र मुद्दा झेल्दैमा आफू विचलित नहुने उनको भनाई थियो । उनले आफुमाथिको आक्रमण अहिलेका राजनीतिक नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी समेत गरे ।

आफुमाथि मकैको खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई आफुले भेट्ने उनको भनाई थियो । उनले आफुमाथि खोया प्रहार गर्ने युवालाई कुनै मुद्दा मामिला नगरि माला लगाएर घर पठाइदिन पनि प्रहरीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘आफुले मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।  यसलाई मैले जनताले दिएको चेतावनी ठानेको छु ।’

सभापति लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने कुनै कारण नरहेको पनि बताए।

रास्वपा सभापति लामिछानेमाथि मर्कैैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट भएको कास्की प्रहरी प्रमुख एपी मोहन थापाले बताए । उनकाअनुसार रानाभाटलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
रानाभाट कुनै राजनीतिक दलप्रति आस्था नराख्ने ब्यक्ति भएको बताइएका छ । उनि सहकारी पीडित भएको हुनसक्ने प्रहरी अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार