‘भारतले सिधै २० करोडसम्मको परियोजना एक्लैले गर्ने होइन, त्यसमा नेपालको साझेदारी रहन्छ’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा २० करोडसम्मको परियोजना भारत एक्लैले नगर्ने स्पष्ट पारेका छन् । आज बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्मको परियोजना भारत एक्लैले नगर्ने र त्यसमा नेपालको पनि निर्णय र साझेदारी रहने कुरा स्पष्ट पारेका का हुन् ।

भारतले सिधै २० करोड रुपैंया नेपालमा खर्च गर्न पाउने गरी सरकारले सम्झौता गर्यो भनेर जनतामा भ्रम फैलाउन खोजिएको प्रधानमन्त्रीको भनाई छ । उनले अफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित विपरित कुनै पनि सम्झौता गर्ने कल्पना समेत नगर्ने बताएका छन् ।

छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

छलफलमा प्रधानमन्त्रीले भारतीय विदेशमन्त्रीसँग आफ्नो “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको बताएका छन् । उक्त भेटटमा आफुले नेपालको राष्ट्रिय हित र विद्युत् व्यापार सम्झौताबारे नै कुरा गरेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता नेपालको राष्ट्रिय हितमा रहेको उनले दावी गरे ।

भारतीय विदेशमन्त्रीले चिनियाँ प्रतिनिधि टोलीको नेपाल भ्रमणबारे चासो राखेका रहेछन् भन्ने भन्ने सांसदहरूको मा प्रधानमन्त्रीले त्यसबारे “वान टु वान” र संयुक्त भेटमा पनि एक शब्द उच्चारण नभएको स्पष्ट पारे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार