माओवादी केन्द्रबाट यि हुन् ६ जना राष्ट्रिय सभाको उम्मेदवार


काठमाडौं। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ६ जनाको नाम टुंगो लगाएको छ । आज बसेको पदाधिकारी बैठकले सात वटै प्रदेशबाट ६ जनालाई उम्मेदवार बनाउने टुंगो लगाएको हो।

माओवादी प्रवक्ता अग्नि सापकोटाकाअनुसार कोशी प्रदेशमा चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्द उम्मेदवार भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार