१५ लाख घुससहित काँग्रेसका वडाध्यक्ष पक्राउ


काठमाडौँ । १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा ४२ वर्षीय वडाध्यक्ष बादेलाई आज राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार