नेपालीलाई रुसी सेनामा भर्ना नलिन र भएकालाई स्वदेश फिर्ता गरिदिन नेपालको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुस सरकारसँग आग्रह गरेका छन् । असंलग्न आन्दोलन अभियान (नाम) का मुलुकहरुको १९औं शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा पुगेका मनत्री साउदले राजधानी कम्पालामा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटवार्ता गरी यस्तो आग्रह गरेका हुन् ।

‘परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेको परराष्ट्रमन्त्रीले जनाएको छ।

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफ्नो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने ।

रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ ।

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए थिए । भेटमा भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा समेत छलफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार