
काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले आज एक सूचना जारी गर्दै ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको हो । जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि सूचना गरेकोछ।
महाशाखाद्धारा जारि सूचनाअनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासीजनजाति २, मधेसी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलाइएको छ । इच्छुकले आवेदन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दिन पाइनेछ ।
सूचना पनि पढौं











