रास्वपाले छान्यो चार मन्त्रीको नामः गृहमा रवि, शिक्षामा सुमना


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । प्रचण्ड नेतृत्वमा नयां बनेको चार दलीय गठबन्धन सरकारमा रास्वपाले पाएको चार मन्त्रालयमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले जनाएअनुसार रास्वपाले गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

मन्त्री पठाउँदा समावेशीतालाई ख्याल गर्ने भन्दै दलित समुदायबाट सन्तोष परियारलाई मन्त्री बनाउने हल्ला चले पनि अन्तिममा उनलाई आउट गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार