
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिने भएका छन् । प्रधानमन्त्री कार्यालयकाअनुसार आज साँझ ५ बजेपछि नवनियुक्त मन्त्रीहरूको शपथ लिने तयारी छ ।
एमालेसहितको नयांबनेको गठबन्धन सरकारमा गत सोमबार तीन जना मन्त्रीले विना विभागिय मन्त्रीका रुपमा शपथ लिएका थिए। आज हुने शपथमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन अर्थमन्त्रीले शपथ लिंदैछन् भने माओवादीबाटै सञ्चार मन्त्रीमा रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले मन्त्रीमा निरन्तरता पाउँनेछन् । माओवादीको पाँचौं मन्त्रीका रुपमा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा शपथ लिंदैछन् ।
चार दलीय सत्ता गठबन्धनमा रास्वापाले पाएको चार मन्त्रीमा गृहमा रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठले मन्त्रीको शपथ लिनेछन् । त्यस्तै गठबन्धनमा ८ वटा मन्त्रालय पाएको नेकपा एमालेबाट रघुवीर महासेठ, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीले मन्त्रीकोशपथ लिनेछन् । एमालेबाट गत सोमबार नै पदम गिरिले मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।
संसदमा सबैभन्दा ठुलो पार्टी काँग्रेससंगको सत्ता गठबन्धन टुटेपछि प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेलाई समेटेर नयां सत्ता गठबन्धन बनाएका हुन् ।









