
काठमाडौँ । नेपाल सरकारले प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा तोकेको छ । प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सरकारको प्रवक्ता जिम्मेवारी मन्त्री शर्मालाई दिने निर्णय गरेको हो ।
यस्तै बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्ल्यू) को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । मन्त्री शर्मा देउवासहितको गठबन्धन सरकारके समेत प्रवक्ता थिएन् ।










