प्रचण्डले राजनीतिक बेइमानी गरे– काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ। आज संसदीय दलको बैठकमा गठबन्धन तोड्दै नयां गठबन्धन बनाएर प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको काँग्रेसले आरोप लगाएको हो ।
बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिदैं कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताए ।

गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ । तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो, सचेतक लेखकले भने ।

प्रचण्डले काँग्रेससंगको गठबन्धन तोड्दै एमाले, रास्वपासहितको नयां गठबन्धन बनाउंदै नयां मन्त्रिपरिषद् गठन गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार