काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारका सहभागी हुने भएको छ । आज बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
सरकारमा अध्यक्ष यादवसंगै जसपाबाट सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय समेत भएको छ। गठबन्धनमा सामेल भएको जसपाले पाएको वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ । राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने जसपाले निर्णय गरेको छ। उनीहरूले आजै शपथ लिने छन् ।