
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि बैठक सुरु बताइएको छ ।
सचिवालयका अनुसार बैशाख १५ गते इलाम २ मा सम्पन्न उपनिर्वाचनको गम्भिर समीक्षा र आगामी कार्यदिशाका साथै समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ।
आजको बैठकमा खासगरी उपनिर्वाचनबारे गम्भिर समीक्षा हुने बताइएको छ । इलाम २को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत भएको छ ।
निर्वाचन उनि चौथो हुँदै ५ हजार ५० मत मात्रै पाएका थिए। लिम्बुले कूल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि उनको जमानत जफत भएको हो ।











