
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा। गोविन्द केसीले आमरण अनशन सुरु गरेका छन् ।
उनले प्रचण्डको राजीनामा माग्दै आज पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थलीमा २२ औं पटक अनशन सुरु गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि विज्ञप्तिमा भनेका छन् ।
उनले सशस्त्र द्वन्दकालका पीडितलाई न्याय र पीडक प्रचण्डको तत्काल राजीनामा, सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था,
जनताको नाममा डाक्टर केसीसँग सम्झौता भए अनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउने, मधेश, गण्डकी प्रदेश, इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त निर्माण शुरु गर्ने, उच्च शिक्षा ऐन र एकीकृत प्रतिष्ठान सम्बन्धित ऐन तुरुन्त पारित गर्ने, कार्की आयोगले दोषी ठहर गरेको ब्यक्तिहरुलाई कारवाही गर्नुपर्ने प्रमुख ४ वटा मागहरु राखेर डा.केसीले अनशन सुरु गरेका छन् ।










