
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइदैछ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई आज अदालतमा उपस्थित गराइने भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजा साँझ कान्तिपुरमा उनकै कार्यकक्षबाट पक्राउ गरेर धनुषा पुर्याएको थियो ।
अध्यक्ष सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा २०८१ साल वैशाख १६ गते किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको छ।
भिडियो पनि हेरौं










