बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ


काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

उनले एक १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोप छ। सोही आरोपमा उनलाई फत्राउ गरि प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसंन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा संचालन गरिरहेको सचेतनामुलक अभियानका क्रममा ती बालिकाले इन्सपेक्टर शिवाकोटीले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन् । सो कुराको सूचना पाएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो । महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार