‘उद्योगसँग रोजगारी र गरिबी निवारण मन्त्रालयसँग गरिबीबारे योजना छैन्’


काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मन्त्रालयको नाम अनुसार काम र योजनाहरु नभएको बताएका छन् ।
आजको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको बताएका हुन् ।

उनले उद्योग मन्त्रालयसँग रोजगारी र गरिबी निवारण मन्त्रालयसँग गरिबीका बिषयमा कुनै योजना नै नदेखिएको टिप्पणी गरेका छन् ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ? उनले प्रशन गरेका छन् । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ? भनेर पनि उनले संसदमा प्रश्न गरेका छन् ।

यस्तै अवस्था स्वास्थ्य मन्त्रालयको पनि बजेट रहेको उनको भनाइ छ ।
सांसद साहले देशका सरकारी अस्पताल नाजुक अवस्थामा रहेको पनि उल्लेख गरे । उनले सरकारी अस्पतालमा औषधि नपाइने पाइए पनि कम औषधि मात्रै पाइने बताए । उनले सरकारी अस्पताल नजिकै निजि औषधि पसलहरु हुने र तिनिहरुले मनोमानी गर्ने समेत बताए।

सांसद साहले स्वास्थ्य बिमा लिन हैरानी हुने र बीमा मजाक बन्दै गएको उनको भनाई छ । बीमाको प्रभावकारिताका विषयमा सरकार गम्भिर हुनुपर्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार