काठमाडौं । संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
संसद भवनको सुरक्षार्थ खटिएका दोलखा मेलुङ गाउँपालिका ४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गोलेले आज बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा गोली हानी आत्महत्या गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताए। घटनाबारे थप अनुसंन्धान भइरहेको उनले बताए । उनले किन आत्महत्या गरे भन्ने बिषयमा अनुसंन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।