‘माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउँदैछौं’

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीसँग एकता गरेर एउटै पार्टी बनाउने प्रयास भइरहेको बताएका छन् ।

आज काठमाडौंमा एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीसँग एकता गरेर एउटै पार्टी बनाउने प्रयास भइरहेको बताएका हु्न् । उनले समाजवादीको महाधिवेशनबाट एकताको पक्षमा निर्णय गरेर अघि बढ्नेमा विश्वास समेत व्यक्त गरे ।

प्रचण्डले नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र अहिले पनि एउटै मोर्चामा रहेर काम गरिहेको र एउटै पार्टी बनाउने प्रयास पनि भइरहेको प्रष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी समेत व्यक्त गरे ।
तर उनले आफुलाई अस्थित भनेकोमा चित्त खुखाउँदै माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा आफुले बुझेको र सोहि मार्गमा हिडेको बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले आफूले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्ड पनि दाबी गरे । सबै दलहरु भ्रष्ट छन्, खत्तम भए भनेर केहि गलत र प्रतिगाामी तत्वले जनतामा भ्रम फैलाइरहेकाले त्यसलाई चिर्नु पर्नेमा जोड दिए ।

उनले सबै परिर्बतनकारी राजनीतिक शक्तिहरु एकजुट भएर जनताको तिर्व विकास र समृद्धीको चाहानालाई पुरा गर्नु तर्फ लाग्नु पर्ने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार