
काठमाडौं । नेकपा एकीकृत समाजवादीका एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको बताएका छन् ।
आज एकीकृत समाजवादी पार्टीको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै संसद विघटनको खतरा रहेको बताएका हुन् ।
संविधान विरोधीले फेरि संसद विघटन गर्न तयार रहेकाले प्रधानमन्त्री प्रचण्डलाई सचेत उनले आग्रह पनि गरे ।
अध्यक्ष नेपालले पार्टी बलियो भएन भने कसैले पनि नपुछ्ने भन्दै पार्टी बलियो बनाउन सबै नेता कार्यकर्ताहरुमा आग्रह समेत गरेका छन् ।
पार्टी बलियो बनाउनका साथै सही विचार र दृष्टिकोण पनि हुनुपर्ने उनको भनाइ थियो।
माओवादी र समाजवादी एकता प्रकृयाबारे अध्यक्ष नेपालले विचार मिल्नेसंग एकता गर्दै जाने प्रष्ट पारे । उनले एकताका नाममा हतार नगर्ने र एकताका लागि ढिलो पनि नगर्ने बताए ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी र माओवादीमिलेर एक पार्टी हुने प्रयारमा रहेको बताएका थिए ।
आजदेखि सुरु भएको महाधिवेशन असार २० सम्म संचालन हुनेछ । देशभरीबाट १८ सय बढि महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नयां नेतृत्व चयन गर्नेछ । नयां नेतृत्वका लागि अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालको प्रतिस्पर्धा हुने चर्चा छ ।










