प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
आज बसेको रास्वपा संसदीय दलको बैठकले आज दिउँसो प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह््वीप जारी गरेको हो।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न रास्वपा सांसदहरुमा ह्वीप जारी गरिएको बताए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो विश्वासको मत लिँदैछन् । उनलाई नेपाली काँग्रेस, एमाले, लोसपा, जसपाले समर्थन गरेका छन् भने नेकपा माओवादी केन्द्र, रास्वपा राप्रपा र एकीकृत समाजवादीले उनको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार