रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नै जुवा खालबाट पक्राउ


काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् ।

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहित सहित १० जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
शनिबार बेलुका पक्राउ परेका उनीहरूको साथबाट ६ सेट तास र १ लाख ३५ हजार नगद समेत बरामद भएको कपन प्रहरी प्रभागले जनाएको छ ।

अध्यक्ष घलेसहितका उनिहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अध्यक्ष घले मानव वेचबिखनको कसुरमा पनि यसअघि पक्राउ परेका व्यक्ति हुन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार