काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले बर्तमान सरकार कुनै स्टन्ट गर्न नआएको दावी गरेकी छन् । आज दिउँसो राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनमा काठमाडौंको त्रिपुरेश्वरि पुुगेकी मन्त्री राणाले आफुहरु कुनै स्टन्ट गरेर चर्चामा आउने नभई काम गरेर देखाउन आएको बताएकी हुन्।
दुई ठुला दलहरु मिलेर बनेको सरकार भएकाले मन्त्री पद कतिखेर जान्छ भन्दै स्टन्ट गरेर चर्चामा आउने काम आफुहरुबाट नहुने पनि उनले दावी गरिन । मन्त्री राणाले देशलाई यहाँसम्म ल्याईपुर्याउन यिनै काँग्रेस र एमाले पार्टीले काम गरेकाले उनिहरुलाई स्टन्ट गरेर चर्चा कमाउन आवश्यक नरहेको पनि बताइन् । उनले अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी देशमा भत्रिेयाउने गरी काम गर्ने लक्ष्य लिएको बताइन् ।