काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयअवधि भित्र बक्यौता महसुल नतिरे फेरि विधुत लाइन काटिने बताएका छन्।
आज बसेको लेखा समिति बैठकमा बोल्दै निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल भुक्तानी नतिरे फेरि विधुत लाइन काटिने बताएका हुन् ।
प्राधिकरणले बिजुली महसुल नतिरेको भन्दै असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको विधुत लाइन काटेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनपछि साउन ८ गते बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ६ वटा उद्योगहरूमा पुनः बिजुली लाइन जोडेको थियो।
त्यस्तो डेडिकेटेड र ट्रंक लाइन सुविधा लिने देशका अढाई सय उद्योगमध्ये अरुले महसुल तिरे पनि ६० वटा उद्योगले महसुल तिर्न अटेरी गर्दै आएका छन् । महसुल नतिर्ने उद्योगीहरुको लाइन जोडि दिन प्रधानमन्त्री ओलीले निर्देशक घिसिङलाई दिएको ठाडो निर्देशनको जनमानसमा आलोचना भइरहेको छ ।
सामान्य आर्थिक अवस्था भएका कुनै परिवारले विधुतको महसुल तिर्न नसक्दा उसको लाइन काट्निे तर अरर्बौ पैसा महसुल नतिर्ने उद्योगीको ठाडो निर्देशन दिएर लाइन जोडिदिनुस भन्नु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको हो । त्यस्ता उदोगीहरुबाट झण्डै ९ अर्व विधुत महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।