प्रवासी नेपाली एकता मंच कतारको महिला विभागद्वारा तीज विशेष कार्यक्रमको आयोजना


कतार । प्रवासी नेपाली एकता मंच कतारको महिला विभागद्वारा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । विभागले सेप्टेम्बर ६ तारिकमा तीजको शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कतारको डल्ला ड्रइभिङ स्कुलमा संचालन हुने कार्यक्रमको भव्य तयारी भइरहेको प्रवासी नेपाली एकता मंच कतारका महिला उपाध्यक्ष एंव कार्यक्रमका संयोजक राम कुमारी तामाङले जानकारी दिएकी छन् । कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण नेपाली  संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, कलाकार , पत्रकारका साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ ।

महिला विभागले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै नेपाली प्रवासी एकता मंच कतारका उपसचिव दिनेश कटवालले धन्यवाद दिनुका साथै सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

यो कार्यक्रमले विदेशमा रहेका सबै नेपालीहरुलाई एक आवपसमा सद्भाव जोड्ने महत्वपूर्ण कडी बन्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार