भ्रष्टाचार, कालोबजारीविरुद्ध उपभोक्ता संरक्षण महासंघ अझै शसक्त हुने

महासंघको तेस्रो बार्षिक उत्सव सम्पन्न


काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको तेस्रो बार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएकोछ । “घर–घरमा सचेत उपभोक्ता, वडा वडामा समिति, स्वस्थ खाना, गुणस्तरीय सेवा, देशमा हुन्छ समृद्धि” भन्ने मुल नाराका साथ स्थापना गरिएको महासंघको तेस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको हो ।

बार्षिक उत्सवको अवसरमा महासंघका अध्यक्ष चन्द्र साउदले एक विज्ञप्ति जारी गर्दै देशमा भईरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन, अखाद्य विपदी वस्तु तथा सेवाका विरुद्ध थप प्रभावकारी कार्यक्रम अघि बढाउने बताएका छन्।

‘नेपाली उपभोक्ता संरक्षण महासंघ, देशमा भईरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन, र अखाद्य-विपदी वस्तु तथा सेवाका विरुद्ध थप प्रभावकारी कार्य गर्नका लागि देशका ७ प्रदेश, ७७ जिल्ला र सबै स्थानीय तहबाट जनमत सङ्कलन गरी खबरदारीको लागि जनस्तरको संगठन विस्तारको प्रक्रियामा रहेको सहर्ष जानकारी गराउन पाउंदा गर्भान्वित भएका छौ’, जारि विज्ञप्तिमा भनिएको छ ।

‘भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन वस्तु जलाउंछौं, देशमै बस पौरखी युवा, आशाको दियो बलाउंछौं’, भन्ने मूल नाराका साथ आम नेपाली उपभोक्ताहरुको हकहित र अधिकारका लागि स्थापना भएको महासंघले आफ्नो तेस्रो स्थापना दिवस भव्य रुपमा मनाएको छ ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएर उपभोक्ताको अधिकारलाई कानुनी रुपमा स्थापित गर्ने पुनित प्रयास भएको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको महासंघका अध्यक्ष साउदको भनाई छ । उपभोक्ताले स्वास्थ्य, शिक्षा, खाद्यन्न लगायत गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्ने कुरा नेपालको संविधानको धारा ४४ ले मौलिक हकको रुपमा स्थापित गरेको जारि विज्ञप्तिमा उल्लेख छ ।

कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य-विषादी लगायतका कारण आम उपभोक्ताको स्वस्थ खाना, निशुल्क स्वास्थ्य, शिक्षा, न्याय र स्वच्छ प्रतिस्पर्धा गर्नपाउने संबैधानिक अधिकारबाट बञ्चित रहँदै आउकोले त्यसको लागि महासंघले आवाज उठाइरहने अध्यक्ष साउदले बताए ।

जारि विज्ञप्ति पढ्नुहोस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार