गगन थापाले भनेः भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न हुँदैन्

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेसका सांसद समेत रहेका थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका हुन् ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको समेत काँग्रेस महामन्त्री थापाले बताए ।

समितिको बैठकमा केहि दिन यता ‘भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भइरहेको छ ।

तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले भनाई थियो।

बैठकमा बोल्दै काङ्ग्रेसकै सांसद हृदयराम थानीले भ्रष्टाचार गर्नेलाई जहिले पनि कारबाहीको दायरमा ल्याउने व्यवस्थाकै निरन्तरता हुनुपर्नेमा जोड दिएका छन् ।

सांसद थानीले २०४६ सालयताको भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेका बेला ५ बर्षको हदम्याद राख्ने वहस सान्द्रभिक नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार