भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारका मुद्दामा सरकारलाई दवाब दिन आह्वान गर्ने भएको छ ।
आज बसेको रास्वपा केन्द्रीय समितिको बसेकले भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको हो ।

भ्रष्टाचारको मुद्दामा छानवीन गर्न हदम्याद राख्ने, स्वार्थ बाझिने र असमावेशी मन्त्री नियुक्ति, शिक्षामा राजनीतिकरण लगायतका मुद्दामा सरकार गलत बाटोमा अघि बढ्काले नागरिक समाजमार्फत दबाब आवश्यक रहेको रास्वपाको ठहर छ ।

मन्त्रिपरिषद असमावेशी, विद्युत महशुल उठाउनका लागि सरकारले देखाएको उदासिनता र आनाकानीबारे जनतास्तरबाट दबाब आवश्य परेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । सरकार गलत कामबारे रास्वपाले संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार