नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागले हरितालिका तीज विषेश कार्यक्रमको आयोजना गरिएको छ । सेप्टेम्बर ६ तारिकका दिन दोहा स्थित होटल क्राउनप्लाजाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।
एक भव्य समारोहकाबीच कार्यक्रमको नेकपा (एकीकृत समाजबादी) का महिला नेत्री, पूर्व मन्त्री एवंम प्रखर युवा नेत्री राम कुमारी झाँक्रीले उद्घाटन गर्ने बताइएको छ । प्रमुख अतिथिको रुपमा नेतृ झाक्रीले विशेष सम्बोधन समेत गर्ने मञ्चका अध्यक्ष मोहमद्द मुक्तदा मुसलमानले बताएका छन् ।
त्यसै गरी कार्यक्रममा लोकदोहोरी गायिका जमुना सनमको विषेश प्रस्तुती रहेन छ । सनमका ‘मेरा त बुढाले रक्सी खादैनन,ओए सुन्तलि,रेलैमा फरर’ जस्ता थुप्रै तीज गीत रहेका छन् ।
कार्यक्रममा नेपालसहित कतारमा रहेका कलाकारहरुको समेत भब्य साँस्कृतिक प्रस्तुति रहने अध्यक्ष मोहमद्दले बताए । कार्यक्रमको दिन नजिकिदै गर्दा आयोजक भने कार्यक्रमको भव्य तयारीमा जुटेको छ ।
कार्यक्रममा दोहास्थित सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार , पत्रकारका साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ । साथै कार्यक्रमले विदेशमा रहेका सबै नेपालीहरुलाई एक आपसमा सद्भाव जोड्ने महत्वपूर्ण कडी बन्ने आयोजक संस्था प्रवासी नेपाली एकता मञ्च कतार (महिला बिभाग)ले बिश्वास व्यक्त गरेको छ ।