पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै भत्किने दाबी गरेका छन् । आज पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै भत्किने दाबी गरेका हुन् ।
उनले काँग्रेस– एमालेले गठबन्धन भत्किएर उनिहरु सरकार बनाइदिनुपर्यो भन्दै माओवादी खोज्दै आउने समेत बताए ।
प्रचण्डले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार जनता र देशको हितमा गठन नभई स्वार्थले बनेकाले छिट्टै भत्किने बताए । सुशासन र भ्रष्टाचारविरुद्ध अघि बढेको आफ्नो नेतृत्वको सरकारले जनतामा आसा जगाउँदै गएको र भ्रष्टहरुलाई जेल हाल्दै गएकाले काँग्रेस–एमालेहरु आत्तिएर सरकार ढालेको उनको आरोप पनि थियो ।
अध्यक्ष प्रचण्डले अब आफुहरु सरकारमा जाने खेलमा नलाग्ने भन्दै पार्टी बनाउने अभियानमा एकजुट भई जनतामा जान कार्यकर्तालाई निर्देशन पनि गरे । आफ्नो कार्यकालमा भ्रष्टाचारका ठुला ठुला फाईलहरु खोलेर सुशासन र जनतामा आसा जगाएको उनको भनाई थियो ।