‘एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक’


दाङ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचन एक्लै लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताएकी छन् । माओवादी केन्द्र तुलसीपुर दाङले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चारमन्त्री समेत रहेकी शर्माले आगामी निर्वाचन एक्लै लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताएकी हुन्।

आगामी निर्वाचन एक्लै लड्ने अवस्थामा पुर्याउन माओवादी नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिएकी छन् ।

पार्टीभित्र केहि अन्तरविरोध रहेको भएपनि त्यसलाई ठूलो रुप बनाउन नहुने भन्दै शर्माले छलफलबाट समस्या समाधान गरेर पार्टी एकढिक्क हुँदै अन्य माओवादी धारका शक्तिहरुबीच एकता गरेर अघि बढ्नुको आजको आवश्यकता रहेको पनि बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार