बुटवल । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् ।
आज भैरहवामा बनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै आईजीपी कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका हुन् ।
प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने उनले बताए ।
प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ । उनले बैंक खाता चेक गरेरै छिट्टै एकजना डीआईजी फस्दै गरेको समेत बताएका छन् ।
आईजीपी कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा आइरहेकाले त्यसलाई सुध्राउनु पर्नेमा जोड दिएका छन् । कानुन, नियम र निर्देशन विपरीत गर्ने त्यस्ता ट्राफिक प्रहरीमाथि कारबाहीको भागिदार हुने समेत बताए ।
ट्राफिक प्रहरीमा १० बर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने पनि उनको भनाइ छ । ‘