
कास्की। थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि अनुसंन्धान गर्न प्रहरीलाई थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो ।
अनुसंन्धानका लागि प्रहरीले म्याद थप मागेपछि कास्की जिल्ला अदालतमा दुबैतर्फका वकिलको बहस भएको थियो । रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतले बताएअनुसार अन्तिम पटक म्याद थपिएको र अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ ।
रविलाई रिहाई गर्नुपर्ने भन्दै उनका कार्यकता र सर्मथकहरुले पोखरामा प्रर्दशन गरेका छन् ।










