दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित

काठमाडौं । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित भएका छन् ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य र रास्वपा सांसद गणेश पराजुलीको आतिथ्यमा पत्रकारसहित समाजसेवीहरु सम्मानित भएका हुन् ।

न्यूज एक्सप्रेस मिडिया प्रालिको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ मा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ।

उनले नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता, सत्यतथ्य समाचारको प्रकाशन तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतन्त्रको मजबुतीकरणमा पुर्याएको योगदान अतुलनीय रहेकाले उनलाई अवार्ड प्रदान गरिएको न्यूज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले बताए ।

गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गगरिएको समेत अध्यक्ष परियारले बताए ।

त्यस्तै कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राइम टाइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदिश खरेल, पपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्यूज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपूर्ण पोस्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो।

त्यसैगरी डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका संजीव रेग्मी, उद्यमशीलता प्रवर्द्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाईं, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्र अनलाइनका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरापर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलई सम्मान गरिएको अध्यक्ष परियारले जानकारी दिए ।

कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मालाई र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको थियो ।

त्यस्तै हेमन्ता सुवेदी ढुंगेल, उमेश बोहरा, रुद्र ढुंगेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवामार्फत अमूल्य योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले संचारकर्ममार्फत योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताएकी थिइन् ।

‘मैले बाल्यकालदेखि नै आदर्श पत्रकारका रूपमा चिनेको र धेरै ठाउँमा उदाहरण दिँदै स्मरण गर्ने वरिष्ठ पत्रकार हरिहर विरहीलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि प्राप्त भएको छ’, उनले भनिन् ।

संचार र सामाजिक क्षेत्रमार्फत समाज र देशलाइृ सहि मार्गमा डोर्याउन योगदान गरिरहेका महत्वपूर्ण व्यक्तिहरूलाई कदर गर्ने, हौसला दिने महत्वपुर्ण कार्य गरिरहेको भन्दै उपसभामुख राना मगरले न्यूज एक्सप्रेस मिडिया प्रालिको प्रशंसा समेत गरिन्।

कार्यक्रम आयोजना गर्न सगरमाथा नेपाल, डालिमा मिडिया र जनवोली टाइम्सले मुख्य प्रवर्द्धकको रूपमा योगदान गरेको अध्यक्ष परियारले बताए ।

सम्मान तथा अर्वाड वितरण कार्यक्रममा प्रमुख अतिथि राना मगरसंगै सांसद पराजुली, अध्यक्ष परियार, न्यूज एक्सप्रेस मिडिया प्रालिका प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारी उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार