वरिष्ठ पत्रकार भैरव रिसालको निधन, पाटन अस्पताललाई शरीर दान


काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षिय पत्रकार रिसालको राति पौने ८ बजे उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका भइरहेको थियो।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।

पत्रकार रिसालले शरिर दान गरेकाले उनको मृतक शरीरलाई अध्ययनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उनको परिवारले जनाएको छ ।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका थिए। राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका वरिष्ठ पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध थिए ।

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो कार्यक्रम सञ्चालन गरेका थिए ।
वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।

वरिष्ठ पत्रकार रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’ लगायत पुस्तक प्रकाशित छन् ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार