आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतभित्रै कालो मोसो


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतमै कालो मसि छ्यापिएको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताहरुले अदालतमै कालो मसी छ्यापेका हुन् ।

न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेता कार्यकर्ताहरूले थारुलाई कालो मसी छ्यापेका छन् । मोसो दलेर उनीहरुले ‘नेकपा बहुमत जिन्दावाद’ भन्दै नारा समेत लगाएका थिए। आफ्नो पार्टीले भ्रष्टाचारीलाई यसरी नै कारबाही गर्ने भन्दै भ्रष्टाचारीका विरुद्ध देशव्यापी कालोमोसो दल्ने अभियान जारी रहेको बहुमतले जनाएको छ ।

कालो मसी छ्याप्ने नेकपा बहुमतका तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएर नख्खु जेलमा बसिरहेका अफतावलाई जेठ १४ गते न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले निर्दोष भन्दै सफाइ दिएको थिए ।

आलमले पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम बनाउँदा विस्फोटमा परेका घाइतेहरूलाई जिउँदै बोरामा हालेर इँटाभट्टामा लगेर जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । तर, उच्च अदालतका न्यायधीश द्वय थारु र महर्जनले घटना पुष्टि हुने आधार नभएको भन्दै सफाइ दिएको थियो ।

फैसलाको पूर्णपाठ आइसकेको छैन । तर न्यायाधीश द्वय थारु र मर्हजनविरुद्ध न्यायीक अभियन्ता युवराज सफलले न्याय परिषद्मा उजुरी दिइसकेका छन् । फैसलाउपर छानविन गरिपाउँ भन्दै अभियन्ता सफलले केहि दिनअघि उजरी दर्ता गराएका थिए । जसउपर एकपटक छलफलका लागि प्रधानन्यायाधीशको उपस्थितीमा बैठक बसिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार