
काठमाडौं। सुनको भाउ आज एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बृद्धि भएको हो
नेपाली बजारमा आज प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनप्रति तोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।










