सन्दीपका वकिल भन्छन्ः सन्दीप राष्ट्रिय टिममा फर्किनुपर्छ


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका वकिलले सन्दीप राष्ट्रिय क्रिकेट टिममा फर्किने बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्ष पठाइएका क्रिकेटर लामिछाने धरौटीमा छुट्नै लाग्दा उनका वकिल सरोजकृष्ण घिमिरेले यस्तो बताएका हुन् । हिजो उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनि प्रकृया मिलाएर आज थुनामुक्त हुँदैछन् । तर, सन्दीपले अब क्रिकेट खेल्न पाउँछन् की पाउँदैनन् भन्ने आम चासो भइरहेका बेला उनका वकिलले थुनामुक्त भइसकेपछि क्यानले उनिमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्दै राष्ट्रिय टिममा फर्काउनु पर्ने बताए ।

वकिल घिमिरेले सन्दीपलाई क्यानले कप्तानमा पुनह पुर्नवाहाली गर्नुपर्ने समेत बताए । क्यानले सन्दीपलाई बलात्करको आरोप लागेर मुद्धा दर्ता भइसकेपछि कप्तानबाट निलम्वन गरेको थियो । सन्दीपका वकिल घिमिरेले आज बिहान सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी समेत गराएका छन् । जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइ प्रकृया पुर्याएर सन्दीप आजै तारेख रिहा हुँदैछन् ।

भिडियोहरु पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार