काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएको छ । सोमबार भव्य कार्यक्रमकाबीच दुबै पार्टी मिलेर नयाँ पार्टी घोषणा गरेका छन् । पार्टीको नाम समाजवादी पार्टी राखिएको छ ।
घोषणा सभामा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले पार्टी एकीकरणको नौंबुदे सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन् ।
दुई बार्टीबीचको एकता बाट देशमा राजनीतिको नयाँ शक्तिको उदय भएको उनीहरुले बताएका छन् । सहमति पत्रमा संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक रहेको कुरा उल्लेख गरिएको छ ।
नयाँ पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति पनि भएको छ ।
पार्टीले देशको विकासका लागि राजनैतिक भित्रको वेतिथि विरुद्ध सशक्त आवाज उठाउने छ ।