हुम्ला जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

कर्णाली।  हुम्लाको खार्पुनाथ गाउँपालिकामा जिप दुर्घटनामा परी बेपत्ता भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् । उद्दारकालागि नेपाल प्रहरी र सेनाको टोली खटिएपनि अहिलेसम्म जिप समेत फेला परेको छैन ।

मंगलबार दिउँसो तल्लो खार्पुनाथबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र जाने क्रममा जिप कर्णाली नदिमा खसेको थियो । दुर्घटनामा परी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार दुर्घटनामा परी बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका वडा १ की कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम खुलेको छैन । तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने स्थानमा दुर्घटना भएको थियो। दिउँसो १२ बजेर १४ मिनेटमा दुर्घटना जिप भएर कर्णाली नदीमा खसेको थियो। सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार